YouTube Link

दोरम्वा गाउँपालिकास्थित डडुवाको मिल्ती लघु जलविद्युत आयोजना विगत एक वर्षदेखि बन्द

Facebook Link

रामेछापः रामेछाप जिल्लाको दोरम्वा गाउँपालिका-१ डडुवामा रहेको मिल्तीलघु जलविद्युत आयोजना विगत एक वर्ष देखि बन्द भएको छ ।

रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने डडुवाको मिल्ती खोलामा निर्माण भएको १६ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना मर्मत हुन नसक्दा बन्द भएको हो ।

रकम अभावको कारण ११ बर्षदेखि सञ्चालनमा रहेको उक्त जलविद्युत आयोजना विगत १ बर्ष देखि बन्द भएको उक्त जलविद्युत आयोजनाका सचिव तारा बहादुर मोक्तानले बताए । दोरम्वा गाउँपालिकावडा–१ डडुवा मेघ्रेका १ सय ५० घरधुरीले उक्त विद्युत उपयोग गर्दै आएका थिए ।

२०६५ सालमा उक्त योजना निर्माणका लागि डडुवाका प्रत्येक घरले २-२ हजारका दरले रकम समेत उठाएका थिए । वैकल्पिक उर्जा प्रालिबाट २४ लाख रुपैया, तत्कालीन डडुवा गाविसको कार्यालयबाट प्राप्त ४ लाख पैसाबाट पनि आयोजना सम्पन्न नभएपछि स्थानीयहरुले अपुग रकम लघुवित्त विकास संस्थानबाट २४ लाख रुपैयाँ ऋण लिएर २०६५ सालमा विजुली बत्ती बालेको सचिव मोक्तानले बताए ।

स्थानीय उपभोक्ताहरुले मासिक १ सयका दरले शुल्क उठाएर विजुली बत्ती बालेको भएपनि उक्त उठाएको रकमले विद्युत स्टेशनमा बस्ने कर्मचारीलाई तलब खुवाउन मात्रै पुग्ने र अन्य मर्मत सम्भारको लागि रकम अभाव हुँदा उक्त आयोजना पूर्ण रुपमा बन्द हुन पुगेको गाउँलेहरु बताउँछन् ।

अघिल्लो बर्षको वर्षा याममा मिल्ति खोलामा आएको बाढीले कुलो बगाउनुका साथै विद्युत उत्पादनका लागि प्रयोग भएको ट्रमिनल मेसिनमा समेत क्षती गरे पछि विद्युत आयोजना बन्द भएको छ । अहिले यहाँ प्रयोग भएका सामानहरु समेत पुरानो हुँदै जान थालेपछि मर्मत गर्ने श्रोत साधनको अभावमा विद्युत उत्पादन बन्द भएको छ । अहिले उक्त आयोजनामा प्रयोग भएका सामाग्रीहरु खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...