Texas College
YouTube Link

हेटौंडामा बलात्कार र महिला हिंसाविरुद्ध मार्चपास, तँ बलात्कारी होस्, मलाई बाच्न मन छ मलाई बचाउ

Facebook Link

हेटौंडा: मकवानपुरको हेटौंडामा बलात्कार र महिला हिंसाविरुद्ध स्वतन्त्र रुपमा युवतीहरु जम्मा भएर मार्च पास गरेका छन् ।

हेटौंडाको मुख्य चोकमा रहेको बुद्धचोकमा करिब ४० जना युवती, किशोरीले मार्चपास गरेका थिए भने र्‍याली र प्रदर्शनमा १ सय जनाभन्दा बढीको उपस्थिति थियो ।

कालो टिसर्ट, कालो पाइन्ट र कालो फेटा बाँधेर बलात्कार र महिला हिंसाविरुद्ध सांकेतिक प्रदर्शन गरेका हुन् ।

उनीहरुले महिला हिंसा र बलात्कार विरुद्ध नबोल्ने हरेक व्यक्ती समाज बलात्कारी सरह हुने भन्दै ‘तँ होस बलात्कारी !’ भन्दै नारा लगाएका हुन् । उनीहरुले मार्चपासमा दमनकारी सत्ता पुरुषप्रधान देशमा नारिहरु दबिन बाध्य भएको उजागर गरेका थिए ।

युवतीहरुको मार्चपास सहित र्‍यालीमा ‘मलाई बाच्न मन छ मलाई बचाउ’, ‘कस्तो कानुन कस्तो सरकार ?’, कपडा छोटो की नजर खोटो’, ‘सरकार देखाउ इच्छा खोइ त, महिलाको सुरक्षा ? जस्ता नारा लगाउँदै गीती शैलिमा प्लेकार्ड बोकेर कालो टिसर्ट, कालो पाइन्ट र कालो फेटा बाँधेर सांकेतिक प्रदर्शन गरेका हुन् ।

करिब एक घण्टा गरिएको प्रदर्शनमा उनीहरुले ‘अर्को पालो मेरो पो हो कि ?’ यो अत्याचार अब म सहन्न अब म बोल्छु अब मौन रहन्न’, ‘हत्या हिंसा बलात्कार समाजबाटै बहिष्कार’,हरेक नेपाली नारीले लक्ष्मी हैन, काली बनेर आफ्नो रक्षा गर्ने बेला आएको छ’ लगायत लेखिएको प्लेकार्ड बोकेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...