YouTube Link

भ्रष्टाचारीलाई ठेगान लगाउन दशैं तिहारपछि नेपाली कांग्रेसको छ यस्तो तयारी

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेपालमा भ्रष्टाचार निर्मुल पार्ने कुरा आईरहँदा स्थानीय निकायदेखि केन्द्रमा भईरहेको भ्रष्टाचारको समाचारले निर्मुलको नारालाई गिज्याईरहेको भान हुन्छ ।

सत्तापक्ष र प्रतिपक्षबीच यही विषयलाई लिएर विभिन्न कालखण्डमा आरोप प्रत्याआरोप लगाउँदै आन्दोलन गर्नु नेपालका राजनीतिक दलहरुको परम्परा नै भईसकेको छ ।

कहिले सासुको पालो त कहिले बुहारीको पालो भने झै यस पटक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं, तिहार लगत्तै भ्रष्टाचारको विरोधमा देशव्यापी रुपमा आन्दोलन चर्काउने भएको छ ।

यसभन्दा अगाडी कांग्रेस नेतृत्वको सरकारको पालामा नेकपा एमालेले पनि यस्तै आन्दोलन गर्दै आएको थियो ।

अहिले नेपाल कम्युनिष्ट पार्टीको सरकार छ । यसै मेसोमा यसपटक नेपाली कांग्रेसले देशैभर सडक आन्दोलन गर्ने भएको छ । यस विषयमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटका नेताहरुसँगको परामर्श गरेर यस्तो आन्दोलनको तयारी थालेका हुन ।

सभापति देउवाले आफू निकटका ब्यक्तिहरुसँग भेटघाट गरी ‘देश संकटमा भएको बेलामा पनि जताततै भ्रष्टाचार मौलाउनु सुखद छैन, यस्तो अवस्थामा कांग्रेसले टुलुटुलु हेरेर बस्नु हुँदैन, हामी कोभिड–१९ को संक्रमणको जोखिमलाई हेरेर अहिलेसम्म चुप लागेर बसेका थियौं । अब चाडपर्व सकिने लगत्तै हामी सरकारको विरोधमा सडकमा जान्छौं ।’ भनेर आफ्नो तयारीबारे बताएका थिए ।

केही हप्ता अगाडी नै यस्तो खालको आन्दोलन गर्ने भनिएपनि कोरोनाका कारण तत्काल आन्दोलन नगर्ने कांग्रेसले यसअघि बताएको थियो । नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै असन्तुष्टि पोख्दै आएको छ । यस विषयमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेरै पार्टीको तर्फबाट सुझाव दिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...