YouTube Link

भ्रष्टाचारीलाई ठेगान लगाउन दशैं तिहारपछि नेपाली कांग्रेसको छ यस्तो तयारी

Facebook Link

काठमाडौं: नेपालमा भ्रष्टाचार निर्मुल पार्ने कुरा आईरहँदा स्थानीय निकायदेखि केन्द्रमा भईरहेको भ्रष्टाचारको समाचारले निर्मुलको नारालाई गिज्याईरहेको भान हुन्छ ।

सत्तापक्ष र प्रतिपक्षबीच यही विषयलाई लिएर विभिन्न कालखण्डमा आरोप प्रत्याआरोप लगाउँदै आन्दोलन गर्नु नेपालका राजनीतिक दलहरुको परम्परा नै भईसकेको छ ।

कहिले सासुको पालो त कहिले बुहारीको पालो भने झै यस पटक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं, तिहार लगत्तै भ्रष्टाचारको विरोधमा देशव्यापी रुपमा आन्दोलन चर्काउने भएको छ ।

यसभन्दा अगाडी कांग्रेस नेतृत्वको सरकारको पालामा नेकपा एमालेले पनि यस्तै आन्दोलन गर्दै आएको थियो ।

अहिले नेपाल कम्युनिष्ट पार्टीको सरकार छ । यसै मेसोमा यसपटक नेपाली कांग्रेसले देशैभर सडक आन्दोलन गर्ने भएको छ । यस विषयमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटका नेताहरुसँगको परामर्श गरेर यस्तो आन्दोलनको तयारी थालेका हुन ।

सभापति देउवाले आफू निकटका ब्यक्तिहरुसँग भेटघाट गरी ‘देश संकटमा भएको बेलामा पनि जताततै भ्रष्टाचार मौलाउनु सुखद छैन, यस्तो अवस्थामा कांग्रेसले टुलुटुलु हेरेर बस्नु हुँदैन, हामी कोभिड–१९ को संक्रमणको जोखिमलाई हेरेर अहिलेसम्म चुप लागेर बसेका थियौं । अब चाडपर्व सकिने लगत्तै हामी सरकारको विरोधमा सडकमा जान्छौं ।’ भनेर आफ्नो तयारीबारे बताएका थिए ।

केही हप्ता अगाडी नै यस्तो खालको आन्दोलन गर्ने भनिएपनि कोरोनाका कारण तत्काल आन्दोलन नगर्ने कांग्रेसले यसअघि बताएको थियो । नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै असन्तुष्टि पोख्दै आएको छ । यस विषयमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेरै पार्टीको तर्फबाट सुझाव दिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...