प्रदेश राजधानी दाङ नलैजान भन्दै कांग्रेस नेता खाणले दिए यस्तो चेतावनी
वि.सं.२०७७ असोज १९ सोमवार ११:३७
1.8K
shares
काठमाडौ : प्रदेश ५ को स्थायी राजधानी दाङ प्रस्ताव भएपछि रुपन्देहीमा आन्दोलन चर्केको छ ।
यसमा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने नेताहरुले आफ्नो कार्यकर्तालाई आन्दोलनमा उत्रिन आग्रह समेत गर्न थालेका छन् ।
आज नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बुटवलमै प्रदेश राजधानी कायम राख्न माग राख्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिन रुपन्देहीबासीलाई आग्रह गरेका छन्।
एक विज्ञप्ति निकालेर नेता खाणले राजनीतिक पूर्वाग्रही राखेर राजधानी सार्न खोज्नु नागरिकको भावना विपरीत भएको दावी गरेका छन् । त्यस्तै उनले प्रदेशको राजधानी बुटवलमै हुनुपर्ने माग समेत गरेका छन् ।
नेता खाणले विज्ञप्तिमा राजधानी सार्ने प्रस्तावको विरोधमा भइरहेका शान्तिपूर्ण विरोधमा धरपकड गरिएको भन्दै आपत्ति जनाएका छन्।
‘लोकतान्त्रिक मूल्य र मान्यताको उपहास हुने गरी निषेधाज्ञा जारी गर्ने, आमनागरिकमा डर त्रास भय सिर्जना गर्ने र धरपकड गरी गिरफ्तार गर्ने जस्ता कार्य गरेर सरकारले गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको छु, विज्ञप्तिमा भनिएको छ, ‘आमनागरिक, व्यवसायी, पत्रकार, नेता कार्यकर्तालाई तानाशाही रूपमा प्रक्राउ गर्नु खेदजनक छ।’

वि.सं.२०७७ असोज १९ सोमवार ११:३७




















