YouTube Link

संखुवासभाको तीनजुरे क्षेत्रमा ‘क्याम्पिङ’का लागि आएका सयौं विदेशी पर्यटक अलपत्र

Facebook Link

संखुवासभा: संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगम स्थल गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सव सञ्चालन गर्न स्थानीय प्रशासनले रोक लगाएपछि त्यहाँ सहभागी हुन आएका विदेशी पर्यटकहरु अलपत्रमा परेका छन् ।

महोत्सवमा सहभागी हुन भन्दै एक सय दुई देशका दुई हजार तीन सय भन्दा बढी विदेश पर्यटकहरु आएको जनाइएको छ । उनीहरुलाई धनकुटा र तेह्रथुमको सीमा क्षेत्रमा अवस्थित चित्रेबजारबाटै सुरक्षाको कारण देखाउँदै सुरक्षाकर्मीले रोकेका छन् । अहिले ती पर्यटकहरु धरान, भेडेटार, मुलघाट, धनकुटा, हिले, सिंधुवा र बसन्तपुरका विभिन्न होटलमा तथा खाली ठाउँमा टेन्ट टाँगेर बसेका छन् ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाले लागुपदार्थको प्रयोग, अश्लिल गतिविधी साथै खुल्ला यौन व्यवहार जस्ता क्रियाकलपाहरु हुने कारण देखाउँदै स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम रोक लगाइएको प्रशासनले जनाएको छ । कार्यक्रम रोक लगाएको बारे प्रशासनले सार्वजनिक सूचना समेत जारी गरेको छ । गत वर्षको कार्यक्रममा पनि यस्तो किसिमको कार्य भएको भन्ने गुनासो प्रहरी कार्यालय संखुवासभामा आएको कारण रोक लगाइएको सार्वजनिक सूचनामा उल्लेख छ ।

महोत्सवमा सहभागी हुन आउने पर्यटकहरुलाई टिएमजे क्षेत्रमा फुलेका विभिन्न प्रजातीका गुराँसको अवलोकनसँगै योगा मेडिट्रसन, प्राकृतिक क्याम्पिङ, प्राकृतिक लाइभ म्यूजिक लगायतका कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । अघिल्लो वर्ष पनि सोही संस्थाले तीनजुरे मिल्के जलजले क्षेत्रमा यस्तै कार्यक्रम गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...