नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा छलफल
वि.सं.२०७७ असोज ११ आइतवार ११:३७
1.5K
shares
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनको विषयमा बालुवाटारमा छलफल भइरहेको छ ।
नयाँ बन्ने मन्त्री र अहिले भएका मन्त्रीलाई हटाउने विषयमा ठोस छलफल हुन सक्ने नेताहरुको भनाई छ । मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी भएकाले मन्त्रीको नाम टुंगो लगाउन दुई अध्यक्षबीच पछिल्लो एक हप्ता दैनिकजसो भेटवार्ता भइरहेको छ ।
वि.सं.२०७७ असोज ११ आइतवार ११:३७




















