सिरि ए च्याम्पियन युभेन्ट्सको नयाँ सिजनमा सहज जित
वि.सं.२०७७ असोज ५ सोमवार ०९:४६
1.6K
shares
एजेन्सीः सिरि ए च्याम्पियन युभेन्ट्सले नयाँ सिजनमा साम्पोडियालाई ३–० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।
स्विडेन विङ्गर डेजन कुलुसेवस्कीको गोलमा युभेन्ट्सले खेलमा सुरुवाती अग्रता बनाएको थियो ।
क्रिस्टियानो रोनाल्डोको पासलाई सदुपयोग गर्दै उनले घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
७८ औं मिनेटमा लियोनार्दो बोनुचीले युभेन्ट्सको अग्रता दोब्बर बनाउने काम गरे ।
खेल सकिन दुई मिनेट बाँकी छदाँ रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए ।
सिरि ए मा सानो संख्यामा दर्शकलाई रंगशाला प्रवेशको अनुमती दिईएको थियो ।
पहिलो पटक करिब हजार समर्थक दर्शकको रुपमा रंगशालामा उपस्थित थिए ।
वि.सं.२०७७ असोज ५ सोमवार ०९:४६




















