YouTube Link

पीसीआर टेष्टको नाममा जनता लुट्दै निजी अस्पताल

Facebook Link

काठमाडौं: नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढिरहँदा पीसीआर टेष्टको नाममा केही निजी अस्पतालले भने महंगो शुल्क लिएर आम नागरिकमाथि लुट मच्चाएका छन् ।

केहीदिन अघि सरकारले पीसीआर टेस्ट गर्दा लाग्ने शुल्क घटाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । सरकारी र निजी सबै ल्याबमा २ हजार रुपैयाँमा पीसीआर टेष्ट हुने बताईरहँदा निजी अस्पताल सौर्य हेल्थ केयर र स्टार हस्पिटलले भने यसको वेवस्ता गर्दै सरकारले निर्धारण गरेको शुल्क भन्दा दोब्बर मुल्यमा पीसीआर टेष्ट गरिएको पाईएको छ ।

विश्व बजारमा पिसिआर परीक्षण गर्न चाहिने आवश्यक किटको मूल्य घटेको र विश्व बजारमै यसको शुल्क पुनारावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटाइएको मन्त्रालयले जनाएको छ । सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।

हाल अन्तर्राष्ट्रिय बजारमा पीसीआर टेस्ट किटको मूल्य ८ सय रुपैयाँमा झरेको स्वास्थ्य मन्त्रालयले बताएको छ । यसरी सरकारले तोकेको मुल्यभन्दा चर्को मुल्यमा आम नागरिकलाई पीसीआर टेष्ट गराउँदै निजी अस्पतालहरुले आम नागरिकमाथि लुट मच्चाएका छन् । यसका लागि बेलैमा सम्बन्धित निकायले यसको छानविन गरी नियन्त्रणमा लिन आवश्यक देखिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...