केन्द्रीय अनुसन्धान ब्युरोका कार्यरत एक डिएसपी सहित २६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टी
वि.सं.२०७७ भदौ ३० मंगलवार १४:५२
1.8K
shares
काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरतमा डिएसपी सहित २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
सिआइबीका प्रमुख डिआइजी सहकुल थापाका अनुसार पोजेटिभ देखिएका सबै प्रहरीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिले त्यहाँ बाहिरी भेटघाटमा रोक लगाइनुका साथै अत्यावश्यक काम बाहिरबाट सञ्चालन गरिएको छ ।
पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको बेला नेपाल प्रहरीमा पनि जोखिम बढ्दै गएकव छ । काठमाडौं उपत्यकामा मात्रै ८ सय ९२ प्रहरीमा कोरोना भाइरसबाट संक्रमित छन् ।
वि.सं.२०७७ भदौ ३० मंगलवार १४:५२




















