कुमारी बैंक लिमिटेडद्वारा सचेतना मुलक कार्यक्रम
वि.सं.२०७७ भदौ २७ शनिवार १७:२६
1.8K
shares
काठमाडौं: कुमारी बैंक लिमिटेड सुदुरपश्चिमप्रादेशीककार्यालय महेन्द्रनगर कंचनपुरलेआफनो सामाजिकउत्तरदायित्वकार्यक्रमअन्तर्गत कोभिड–१९ रोकथामतथा नियन्त्रणका लागीआज महेन्द्रनगर वजारमा सामाजिक सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
उक्तकार्यक्रममा बैंकका कंचनपुर शाखा, झलारी शाखा तथा चादनीदोधारा शाखाका कर्मचारीहरु समेतको पनि उपस्थिती रहेको थियो ।बैंकको प्रादेशिक कार्यालयबाट विहान ९ बजे देखी सुरु भै चम्मनचौराहाबाट सब्जीमण्डीहुदै महेन्द्रनगर बजारको १ नं., २ नं. ३ नं. , ४ नं. र ५ नं. गल्ली परिक्रमा गरी बैकको प्रादेशिक कार्यालयमा ११ बजे समापन भएको थियो ।
उक्त कार्यक्रममा बैंकले महेन्द्रनगर वजारमा मास्क लगाउन प्रेरित गरी मास्क नलगाई हिडेका बिभिन्न ब्यक्तिहरुलाई १००० थान मास्क तथा १५० थान हयान्ड स्यानीटाईजर बितरण गरेको थियो ।
कार्यक्रममा कर्मचारीले मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, स्यानीटाईजर प्रयोग गर्ने, भिडभाड नगर्ने तथा साबुनपानीले हातधुने जस्ता बिबिध सचेतना मुलक नारा लेखिएका ब्यानर तथा प्ले–कार्ड बोकेर सो मार्फत कोभिड–१९ नियन्त्रण र रोकथामकालागी पुर्ब साबधानीका सन्देश दिईयको थियो ।
सुदुरपश्चिम प्रादेशीक कार्यालयका प्रमुख दीपक खनालले कोभिड–१९ नियन्त्रण र रोकथामकालागी यो कार्यक्रम निकै उपयोगी हुने साथै आगामी दिनमा पनि सचेतना मुलक कार्यक्रमहरु अन्य स्थानमा पनिगर्दै जाने जानकारी गराउनु भयो ।
कुमारी बैंक लिमिटेडको सुदुरपश्चिम प्रदेशमा १९ वटा शाखा र ८ वटा ए.टि.एम. संचालनमा रहेको छ भने देशभर १८६ शाखा, १३ एक्सटेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ्ग सेवा र१०८ ए.टि.एम. संचालनमा रहेको छ । साथै बैंकले लकडाउनमा पनि सुरक्षाका उपायहरु अपनाई बैंकिङ्ग सेवाहरु दिदै आएको छ ।
वि.सं.२०७७ भदौ २७ शनिवार १७:२६




















