YouTube Link

अपहरण गरि फिरौती रकम मागेको अभियोगमा ३ जना पक्राउ

Nepali Sena Suvakamana Dashain
Facebook Link

काभ्रेपलाञ्चोक: अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम मागेको अभियोगमा ३ जनालाई धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाईस किलो क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका -१२ तिनघरे घर भई हाल धुलिखेल नगरपालिका -४ स्थित अठ्ठाईस किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, उनकी श्रीमती २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थान घर भई हाल धुलिखेल नगरपालिका -४ स्थित अठ्ठाईस किलो डेरा गरी बस्ने २१ वर्षीया उमा परियार रहेका छन् ।

 

पाँचखाल नगरपालिका -१२ देवभूमि घर भएका २३ वर्षीय राज कुमार दनुवारलाई बुधबार दिउँसो धुलिखेल नगरपालिका -४ स्थित अठ्ठाईस किलोमा ४ र ५ जनाको अपरिचित समूहले अपहरण गरी बन्धक बनाई ५० हजार रुपैयाँ माग गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही दिन बेलुका बनेपा नगरपालिका -१० बुडोलबाट राजकुमारलाई सकुशल उद्दार गरेको थियो ।

 

उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी तथा अनुसन्धान गर्ने क्रममा आकाश र सविनालाई बिहीबार र उमालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

 

प्रारम्भिक अनुसन्धानको क्रममा सबिनाले पीडितलाई फोन सम्पर्क गरी भेटघाट गर्न बोलाएको, सबिना र उमाले धुलिखेल नगरपालिका -४ स्थित अठ्ठाईस किलोमा भेट गरी सबिनाले जंगलतर्फ लिई गएको, जंगलको एकान्त स्थानमा पुगी कुराकानी गरी बसीरहेको अवस्थामा आकाश लगायत अन्य व्यक्तिहरुले पूर्व योजना अनुसार राज कुमारलाई नियन्त्रणमा लिई बन्धक बनाई ५० हजार रुपैयाँ फिरौती माग गरेको खुल्न आएको छ ।

 

उनीहरू उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...