YouTube Link

आज १७औं निजामती सेवा दिवस

World Cup 2026
Facebook Link

काठमाडौं: आज १७औं निजामती सेवा दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै छ ।

विगतका वर्षदेखि ‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिएको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण जोखिमका कारण नेपाल सरकारले यस पटक कुनै औपचारिक कार्यक्रम राखेको छैन । सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कर्मचारीलाई कार्यालयमा नै भौतिक दूरी र न्यूनतम स्वास्थ्य मापदण्ड प्रयोग गरी दिवस मनाउन लागिएको बताए ।

मुख्य सचिव लोकदर्शन रेग्मीले दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यको व्यवस्थापन गर्नु सवै राष्ट्रसेवक कर्मचारीको दायित्व भएको बताए ।

मुख्य सचिव रेग्मीले, ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा पूर्ण प्रतिबद्धताका साथ लाग्न तथा मुलुकको आर्थिक विकास र समृद्धिको यात्रामा सकारात्मक भई अघि बढ्न सबै राष्ट्रसेवकमा अपिलसमेत गरेका छन् ।

मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले शुभकामना सन्देश दिँदै कर्तव्य बोध र चित्त शुद्धिसहित सेवा प्रवाहमा सक्रिय रही जनअपेक्षाअनुसार कार्य गर्न कर्मचारीलाई आग्रह गरे ।

नेपालमा कोरोना भाइरसले आक्रान्त भएका बेला कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै उनले सन्देशमा भनेका छन्, “आफ्नो मर्यादालाई अक्षुण राख्दै देश र जनताप्रति समर्पित कर्मचारीलाई आफ्नो कर्तव्यपथमा अविचलित यात्रीका रुपमा अटल रहन समेत आग्रह गरेका छन् ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले निजामती सेवा राष्ट्र र जनताको हितमा केन्द्रित हुनुपर्ने बताए । उनले विगतमा सरकारले भन्दै आएको ट्रेड युनियनका अधिकार सुनिश्चिता गर्नुपर्ने, अन्यायपूर्ण समायोजन भएका कर्मचारीलाई न्याय दिलाउनुपर्ने भन्दै कार्यालयको कामका आधारमा कार्यसम्पादन हुनुपर्ने बताए ।

निजामती सेवा ऐन जारी भएको दिनको सम्झानामा २०६१ सालदेखि भदौ २२ गते निजामती सेवा दिवस मनाइने गरिन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...