उपत्यकाका बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय बन्द
वि.सं.२०७७ भदौ ४ बिहीवार १२:३०
1.5K
shares
काठमाडौं: बैंकका कर्मचारीलाई कार्यालय जान प्रहरीले अवरोध गरेपछि आज उपत्यकाका बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय बन्द भएका छन् ।
सरकारले बैंकिङ सेवालाई अत्यावश्यक सेवा अन्तरगत राखेका कारण नेपाल राष्ट्र बैंक, जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरि कर्मचारी जोखिम मोलेर कार्यालय गए पनि प्रहरीले बाटोमा रोकेका कारण बैंकका शाखा खोल्न नसकिएको नेपाल बैंकर्स एसोसिएनका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।
वि.सं.२०७७ भदौ ४ बिहीवार १२:३०



















