कोराना संक्रमितकालागि बेड नछुटाउने अस्पतालहरुको पिसिआर परीक्षण रोकिने
वि.सं.२०७७ भदौ ३ बुधवार १७:३८
2K
shares
काठमाडौं: कोरोना भाईरस संक्रमित बिरामीहरुकालागि बेड नछुटाउने अस्पतालहरुको पिसिआर परीक्षण गर्न रोकिने भएको छ ।
कोरोना भाईरस संक्रमित बिरामीका लागि बेड नछुटाउने अस्पताल, मेडिकल कलेज र प्रतिष्ठानहरुको पिसिआर परीक्षण रोकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मेडिकल कलेज र प्रतिष्ठानहरुले एक तिहाई र अन्य प्राइभेट तथा सरकारी अस्पतालहरुले २० प्रतिशत बेड अनिवार्य छुटाउनुपर्ने मन्त्रालयले जनाएको छ ।
यस्तै कोराना भाईरस संक्रमित बिरामीकालागि बेड छुटाउने सबै स्वास्थ्य संस्थाहरुले पिसिआर परीक्षणको अनुमति पाउने मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ भदौ ३ बुधवार १७:३८




















