नेपालमा कोरोना संक्रमितको संख्या २८,९३८ पुग्यो
वि.सं.२०७७ भदौ ३ बुधवार १६:४२
1.3K
shares
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टा यता थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका ६ सय ८१ जना सहित नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ जना पुगेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।
आजसम्म ५ लाख ५४ हजार ३ सय ८८ जनाको पीसीआर विधिबाट परीक्षण भएको र हाल क्वारेन्टिनमा १३ हजार ५ सय ७१ जना रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना मुक्त हुनेको संख्या १७ हजार ७ सय पुगेको छ भने आज थप ६ जनासहित १ सय २० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ भदौ ३ बुधवार १६:४२




















