काठमाडौं उपत्यकामा भोलिदेखि एक साता निषेधाज्ञा, अत्यावश्यक सेवा बाहेक अरु सेवाहरु बन्द हुने
वि.सं.२०७७ भदौ २ मंगलवार २१:२४
1.3K
shares
काठमाडौं: कोरोना संक्रमण बढेको भन्दै काठमाडौं उपत्यका सहित तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले राजधानीमा मानिसहरुको आवतजावत र भीडभाडका कारण संक्रमण बढिरहेको भन्दै भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवा बाहेक अरु सेवाहरु बन्द हुनेछन् ।
महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी श्याम ज्ञावालीका अनुसार निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवा बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन ।
खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवालाई भने खुला गरिएको छ । कुनै पनि सवारी साधान सञ्चालन गर्न पाइने छैन ।
सर्वसाधारणको आवतजावतलाई पनि एक ठाउँबाट अर्को स्थनामा जान रोक लगाइएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई जुनसुकै बेला निषेधाज्ञा जारी गर्न सक्ने गरी अधिकार प्रदान गरेपछि मंगलबार साँझ सो निर्णय भएको हो ।
वि.सं.२०७७ भदौ २ मंगलवार २१:२४



















