नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २५,५५१ पुग्यो
वि.सं.२०७७ साउन ३० शुक्रवार १६:४४
1.6K
shares
काठमाडौं: नेपालमा शुक्रबार थप ५ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जना सहित कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २ सय ४० जना सहित कोरोना संक्रमण निको हुनेको संख्या हालसम्म १७ हजार ७७ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ९९ पुगेको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ साउन ३० शुक्रवार १६:४४



















