सनराइज बैंकद्वारा सरकारलाई आर्थिक सहयोग
वि.सं.२०७७ साउन ३० शुक्रवार १६:२६
1.6K
shares
काठमाडौं । सनराइज बैंकले नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम हस्तान्तरण गरेको हो ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ बराबरको रकम सहयोग गरेको छ ।
उक्त रकम बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री डा.युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् ।उक्त रकमबाट कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि सहयोग पुग्ने बैंकको विश्वास छ ।
उक्त अवसरमा अर्थमन्त्री डा.खतिवडाले बैंकलाई धन्यबाद दिँदै बैंकले प्रदान गरेको उक्त रकम सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा सदुपयोग गर्ने बताए ।
बैंकले देशका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह, अस्पतालहरुलाई कोरोनासंग लड्न अति आवश्यक सामार्ग्रीहरु जस्तै पीपीई, मास्क, स्यानिटाइजर आदि हस्तान्तरण गरेको थियो ।
वि.सं.२०७७ साउन ३० शुक्रवार १६:२६




















