सिद्धार्थ बैंकको खुद नाफा २ अर्ब ९ करोड
वि.सं.२०७७ साउन २६ सोमवार १३:२३
1.5K
shares
काठमाडौं: सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७६/०७७ मा २ अर्ब ९ करोड २७ लाख ७० हजार रूपैयाँ खुद नाफा गरेको छ ।
बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को मा २ अर्ब २५ करोड ७६ लाख ८८ हजार रूपैयाँ नाफा गरेको थियो ।
बैंकले अघिल्लो आर्थिक वर्ष ३ अर्ब २८ करोड ३७ लाख ४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । त्यस्तै बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६ करोड ५६ लाख ४१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
बैंकको वितरण योग्य नाफा ८६ करोड ६४ लाख ८४ हजार रुपैयाँ रहेको छ । बैंकले अघिल्लो वर्षभन्दा २१ प्रतिशत बढी अर्थात १ खर्ब ३९ अर्ब ६० करोड ९४ लाख ९७ हजार निक्षेप संकलन गरेको छ ।
बैंकले अघिल्लो वर्षको भन्दा १८ प्रतिशत बढी अर्थात १ खर्ब २३ अर्ब ४४ करोड ८० लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्किय कर्जा १ दशमलव ५६ प्रतिशत रहेको छ ।
बैंकको चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ६३ रुपैयाँ २२ पैसा कायम भएको छ ।
वि.सं.२०७७ साउन २६ सोमवार १३:२३


















