स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीमा कोरोना संक्रमण
वि.सं.२०७७ साउन २५ आइतवार १६:१४
1.7K
shares
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ४ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तीन जना कार्यालय सहयोगी र एक जना सवारी चालकमा कोरोना संक्रमण देखिएको स्रोतले जनाएको छ ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण एवं प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को टोलीले शुक्रबार स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो ।
संकलित स्वाब परिक्षण गर्दा ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको र संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको स्रोतले जनाएको छ ।
वि.सं.२०७७ साउन २५ आइतवार १६:१४




















