YouTube Link

प्राधिकरणद्वारा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि साढे १७ अर्ब बजेट विनियोजन

Facebook Link

 

काठमाडौं: नेपाल नागरिक उडड्यन प्राधिकरणले दुई ठूला अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि साढे १७ अर्ब बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ को बजेटमा क्यानले उक्त विमानस्थलका लागि १७ अर्ब ४८ करोड ९६ लाख बजेट विनियोजन गरेको हो ।

निर्माणको अन्तिम चरणमा पुगेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि विभिन्न शिर्षकमा ६ अर्ब ४५ करोड छुट्याएको छ ।

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि ११ अर्ब बजेट छुट्याएको छ ।

विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुअव्जा वितरणका लागि २ अर्ब १६ करोड ८३ लाख बजेट छुट्याएको छ ।

यसैगरी धावनमार्ग तथा टर्मिनल भवन निर्माणका लागि ३ अर्ब २८ करोड ३ लाख, विमानस्थल सञ्चालनका लागि आवश्यक यन्त्र तथा उपकरण खरिद-जडानका लागि ६० करोड र फायर भेईकल खरीदका लागि ४१ करोड १० लाख बजेट छुट्याएको क्यानले जनाएको छ ।

निर्माणको अन्तिम चरणमा पुगेको विमानस्थल निर्माणमा बन्दाबन्दीका कारण केही सु्स्तता आएतापनि निर्माण कार्यमा रुकावट नभएको जनाईएको छ ।

९१ प्रतिशत निर्माण सम्पन्न भएको उक्त विमानस्थलको भैतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भई फिनिसिङको कार्य अधिकासं सम्पन्न भएको छ ।

विमानस्थलमा जडान गर्नुपर्ने रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उडड्यन सहाय उपकरण, ब्यागेज ह्याण्डलिंग सिष्टम, एक्सरे आदि यन्त्र उपकरण अधिकांश आइसकेको र जडान गर्न बाँकी रहेको क्यानले जनाएको छ ।

सम्झौता अबधिभन्दा ६ महिना अघि नै निर्माण सम्पन्न हुने भन्दै निर्माण गरिएको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल सम्झौता अबधिमा सकिने क्यानले अनुमान गरेको छ ।

निर्माणको कार्य नरोकिएपनि बन्दाबन्दीका कारण सुस्तता आएको भन्दै  ६ महिना अघि सम्पन्न नहुने अुनमान गरिएको छ ।

जग्गा अधिग्रहण र मुअव्जा वितरणका लागि ७८ करोड र विमानस्थल निर्माण भवन तथा धावनमार्ग समेतका लागि १० अर्ब २५ करोड बजेट छुट्टाएको छ ।

६१ प्रतिशत निर्माण सम्पन्न उक्त विमानस्थ निर्माणमा अधिकांश चिनिया प्राविधिक चीनमा रोकिदा बिमानस्थल निर्माणमा सुस्तता आएको जनाइएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...