Rajshow Bivag

प्राधिकरणद्वारा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि साढे १७ अर्ब बजेट विनियोजन

Departmant of helth services

 

काठमाडौं: नेपाल नागरिक उडड्यन प्राधिकरणले दुई ठूला अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि साढे १७ अर्ब बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ को बजेटमा क्यानले उक्त विमानस्थलका लागि १७ अर्ब ४८ करोड ९६ लाख बजेट विनियोजन गरेको हो ।

निर्माणको अन्तिम चरणमा पुगेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि विभिन्न शिर्षकमा ६ अर्ब ४५ करोड छुट्याएको छ ।

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि ११ अर्ब बजेट छुट्याएको छ ।

विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुअव्जा वितरणका लागि २ अर्ब १६ करोड ८३ लाख बजेट छुट्याएको छ ।

यसैगरी धावनमार्ग तथा टर्मिनल भवन निर्माणका लागि ३ अर्ब २८ करोड ३ लाख, विमानस्थल सञ्चालनका लागि आवश्यक यन्त्र तथा उपकरण खरिद-जडानका लागि ६० करोड र फायर भेईकल खरीदका लागि ४१ करोड १० लाख बजेट छुट्याएको क्यानले जनाएको छ ।

निर्माणको अन्तिम चरणमा पुगेको विमानस्थल निर्माणमा बन्दाबन्दीका कारण केही सु्स्तता आएतापनि निर्माण कार्यमा रुकावट नभएको जनाईएको छ ।

९१ प्रतिशत निर्माण सम्पन्न भएको उक्त विमानस्थलको भैतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भई फिनिसिङको कार्य अधिकासं सम्पन्न भएको छ ।

विमानस्थलमा जडान गर्नुपर्ने रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उडड्यन सहाय उपकरण, ब्यागेज ह्याण्डलिंग सिष्टम, एक्सरे आदि यन्त्र उपकरण अधिकांश आइसकेको र जडान गर्न बाँकी रहेको क्यानले जनाएको छ ।

सम्झौता अबधिभन्दा ६ महिना अघि नै निर्माण सम्पन्न हुने भन्दै निर्माण गरिएको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल सम्झौता अबधिमा सकिने क्यानले अनुमान गरेको छ ।

निर्माणको कार्य नरोकिएपनि बन्दाबन्दीका कारण सुस्तता आएको भन्दै  ६ महिना अघि सम्पन्न नहुने अुनमान गरिएको छ ।

जग्गा अधिग्रहण र मुअव्जा वितरणका लागि ७८ करोड र विमानस्थल निर्माण भवन तथा धावनमार्ग समेतका लागि १० अर्ब २५ करोड बजेट छुट्टाएको छ ।

६१ प्रतिशत निर्माण सम्पन्न उक्त विमानस्थ निर्माणमा अधिकांश चिनिया प्राविधिक चीनमा रोकिदा बिमानस्थल निर्माणमा सुस्तता आएको जनाइएको छ ।

 

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...