नेपाल बैंक लिमिटेडको खुद नाफा २ अर्ब ५५ करोड
वि.सं.२०७७ साउन २५ आइतवार १३:२३
1.8K
shares
काठमाडौं: नेपाल बैंक लिमिटेडले २ अर्ब ५५ करोड खुद नाफा आर्जन गरेको छ ।
बैंकले असार मसान्तको वित्तीय विवरण प्रकाशित गर्दै सेयरधनीलाई वितरणयोग्य नाफा २ अर्ब १० करोड रुपैयाँ रहेको जनाएको छ ।
बैंकको गत वर्षको नाफा र सेयर प्रिमियम हेर्दा सेयरधनीलाई नगद र बोनस दुबै लाभांश दिने सम्भावना रहेको छ ।
बैंकको सेयर प्रिमियम रकम १ अर्ब ७८ करोड रुपैयाँ रहेको र उक्त रकम बैंकले बोनस सेयर मार्फत मात्र वितरण गर्न सक्नेछ । बैंकको सेयर पुँजी ११ अर्ब २८ करोड रुपैयाँ छ ।
बैंकको सेयर पुँजी, सेयर प्रिमियम, अवितरित नाफा, संचित कोष सहित कुल पुँजी ३० अर्ब १८ करोड छ ।
बैंकले ३० अर्ब १३ करोड रुपैयाँ पुँजी परिचालन गरेर २ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेको हो ।
बैंकको सञ्चालन नाफा ३ अर्ब ५६ करोड रुपैयाँ छ । गैर सञ्चालन नाफा २७ करोड ५८ लाख रुपैयाँ थपेर बैंकले कर अघिको नाफा ३ अर्ब ८४ करोड आर्जन गरेको छ ।
बैंकको पुँजी पर्याप्तता अनुपात १६.६८ प्रतिशत रहेको र खराव कर्जा अनुपात २.५९ प्रतिशत छ ।
निक्षेप कर्जा अनुपात ६५ प्रतिशत छ । बेसरेट ६.९९ प्रतिशत छ भने स्प्रेडदर ३.७० प्रतिशत रहेको बैंकले जनाएको छ ।
वि.सं.२०७७ साउन २५ आइतवार १३:२३




















