बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाईनलमा
वि.सं.२०७७ साउन २५ आइतवार ०९:०६
1.4K
shares
एजेन्सीः स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
शनिबार राति घरेलु मैदानमा क्याम्प नाउमा भएको अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–२ को नतिजा सहित बार्सिलोना क्वाटरफाइलनमा प्रवेश गरेको हो ।
खेलको १०औं मिनेटमा क्लेमेन्ट लेन्गलेटको गोलमा अग्रता लिएको बार्साले २३औँ मिनेटमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर पारे ।
पहिलो हाफको ईन्जुरी समय ४६औँ मिनेटमा सुआरेजले पेनाल्टीमार्फत बार्सिलोनालाई ३–० को अवस्थामा पुर्याए ।
पहिलो हाफको खेल सकिन अन्तिम मिनेट अर्थात ५०औँ मिनेटमा लोरेन्जो ईन्साईनले पेनाल्टीमा नापोलीका लागि एक गोल फर्काएका थिए ।
पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोनाले क्वाटरफाईनलमा अब जर्मन क्लब बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्नेछ ।
वि.सं.२०७७ साउन २५ आइतवार ०९:०६




















