YouTube Link

इन्डियन प्रिमिर लिग आइपीएलमा गेलको अर्धशतकसँगै पञ्जावको विजयी सुरुवात

World Cup 2026
Facebook Link

काठमाडौं: किङ्स इलाभेन पन्जाबले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । हिजो भएको खेलमा राजस्थान रोयल्सलाई १४ रनले पराजित गर्दै पन्जाबले विजयी सुरुवात गरेको हो ।

जयपुरमा पन्जाबले दिएको एक सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर एक सय ७० रन मात्र बनाउन सक्यो । राजस्थानका लागि जोश बट्लरले ६९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै राजस्थानका लागि सन्जु सामसनले ३०, कप्तान अजिंका रहानेले २७ तथा स्टिभ स्मिथले २० रन बनाए ।

पन्जाबका साम कुरान, मुजिब उर रहमान र अंकित राजपुतले समान २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभरमा ४ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । पन्जाबको लागि क्रिस गेलले ७९ रनको अर्धशतकीय इनिङ्स खेले । योसंगै गेलले आईपीएलको एक सय १३ खेलमा ४ हजार रन पुरा गरे । यस्तै पन्जाबका लागि सर्फ्राज खानले अविजित ४६ रन जोड्दा मायांक अग्रवालले २२ रन जोडे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...