मनकामना केबुलकारका कर्मचारीले ४ महिनाको सतप्रतिशत तलब पाउने
वि.सं.२०७७ साउन १४ बुधवार १९:२४
1.4K
shares
काठमाडौं: कोभिडका कारण चार महिनादेखि बन्द रहेको मनकामना केबल कारले आफ्ना कर्मचारीलाई चार महिनाको शतप्रतिशत तलब दिने भएको छ ।
यसअघि कम्पनीले कर्मचारीहरुलाई चैत महिनामा कुल तलबको ५० प्रतिशत, वैशाख, जेठ र असार महिनाको ४० प्रतिशत तलब वितरण गरेको थियो ।
कर्मचारीको दैनिक जीविको पार्जनलाई मध्यनजर गर्दै अवस्था सामान्य भएसँगै पुन हिसाब मिलान गर्ने गरी ४ महिनाको सतप्रतिशत तलब दिने निर्णय गरिएको कम्पनीका संचालक राजेशबाबु श्रेष्ठले बताए ।
कर्मचारी र कम्पनीको योगदानका आधारमा सामाजिक सुरक्षा कोषमा जम्मा गरिँदै आएको ३१ प्रतिशत रकम सरकारले दिने निर्णय गरेसंगै कम्पनीले कर्मचारीलाई लकडाउन अवधिको सम्पूर्ण तलब दिने निर्णय लिइएको श्रेष्ठले बताए ।
उक्त निर्णयसंगै कम्पनीका १सय ५० जना कर्मचारीलाई राहत मिल्ने छ ।
वि.सं.२०७७ साउन १४ बुधवार १९:२४




















