YouTube Link

ओलीकै सक्रियतामा एमाले नामको पार्टी दर्ता भएको दावी, आन्तरिक विवादले पार्टीमा गम्भीर संकट आउन सक्छः दाहाल

World Cup 2026
Facebook Link

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक विवादले पार्टीमा गम्भीर संकट आउन सक्ने बताएका छन् ।

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीमाथि पार्टी फुटाउन नेकपा एमाले नामक दल दर्ता गरेको आरोप लागेको छ ।

पुष्पलाल स्मृति दिवसको सन्दर्भमा राजधानीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष दाहालले ओलीकै सक्रियतामा निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ता भएको दाबी गरेका छन् ।

चरम सत्ता संकटका कारण नेकपा फुटको डिलमा पुगेका बेला दाहालले अध्यक्ष ओलीमाथि नै एमाले दर्ताको आरोप लगाउँदै यसबाट पार्टी एकता संकटमा पुगेको बताएका छन् ।

पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको उनको आरोप थियो ।

दाहालले ओलीले नै देशभर मान्छे उतारेर विरोध प्रदर्शन गराएको तर्फ संकेत गर्दै भने, ‘देशभरी जिन्दावाद मुर्दावाद भनेर मान्छे उतारियो । हामीलाई पनि सोधेका छन् । हामीले अहिले पख्नुस् भनेर मात्रै हो ।’

एकताकै निम्ति पहल भइरहेको भन्दै उनले अझै पनि पार्टीमा विधि र विचारको विकास हुने र नफुट्ने बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...