एभरेष्ट इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०७७ साउन ९ शुक्रवार १८:०१
1.5K
shares
काठमाडौं: एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धका बारेमा प्रष्ट पारेका थिए ।
कम्पनीको २५औ बार्षिक साधारण सभाले प्रस्तुत सामान्य तथा बिषेश प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । सभाले कम्पनीले उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय गरेको छ ।
वि.सं.२०७७ साउन ९ शुक्रवार १८:०१




















