हिमालय एअरलाइन्सले कुन्मिङ्गमा फसेका नेपालीलाई फिर्ता ल्याउने
वि.सं.२०७७ साउन ९ शुक्रवार १६:२४
1.4K
shares
काठमाडौं: कोरोना भाईरस महामारीका कारण चीनको कुन्मिङ्गमा फसेका नेपालीलाई उद्दार गरि फिर्ता ल्याउन हिमालय एअरलाइन्सले उडान भर्ने भएको छ ।

नेपाल सरकारले संचालन गरेको उद्दार कार्यक्रम अन्तर्गत हिमालय एअरलाइन्सले सरकारको अनुमति र अधिकारपत्रका आधारमा यहि साउन १६ गते कुन्मिङ्ग- काठमाडौं उडान गर्नलागेको एअरलाइन्सले बताएको छ ।
वि.सं.२०७७ साउन ९ शुक्रवार १६:२४



















