ईङ्लिस प्रिमियर लिगमा युनाईटेड र साउथह्याम्पटनले खेले बराबरी
वि.सं.२०७७ असार ३० मंगलवार १०:१६
1.3K
shares
एजेन्सीः ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेड र साउथह्याम्पटनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
युनाईटेडले घरेलु मैदानमा जित निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लिने मौका थियो । लण्डन क्लब चेल्सी र लेस्टर सिटीले पछिल्लो समय अंक गुमाईरहेको अवस्थामा युनाईटेडलाई च्याम्पियन्स लिग छनोटको दौडमा अघि बढ्ने अवसर थियो । तर युनाईटेडले शीर्ष तीनमा उक्लिने अवसर गुमाएको छ ।
स्टुआर्ट आर्मस्ट्रङको गोलमा साउथह्याम्पटले खेलमा सुरुवाती अग्रता बनाएको थियो । मार्कुस रासफोर्डले २० औं मिनेटमा खेल बराबरीमा फर्काए । त्यसको तीन मिनेटपछि एन्थोनी मार्टियलले गोल गर्दै घरेलु टोली युनाईटेडलाई खेलमा २–१ को अग्रता दिलाए । दोस्रो हाफको ईन्जुरी समयमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मिकेल ओबाफिमीले गोल गर्दै साउथह्याम्पटनलाई अंक दिलाउन सफल रहे ।
पाँचौ स्थानको युनाईटेडले ५९ अंक जोडेको छ । समान अंक भएपनि लेस्टर गोल अन्तरका आधारमा चौथो स्थानमा छ । साउथह्याम्टन ४५ अंक सहित १२ औं स्थानमा यथावत छ ।
वि.सं.२०७७ असार ३० मंगलवार १०:१६




















