YouTube Link

बुन्डेस लिगामा बायर्न म्युनिख उपाधि नजिक, डर्टमण्डको साँघुरो जित

Facebook Link

एजेन्सीः जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले शनिबार भएको खेलमा बायार लेवरकुसनमाथि ४-२ गोल अन्तरले सहज जित निकालेको छ । लेवरकुसनको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर बायर्नले जित निकालेको हो ।

बायर्नको जितमा किङ्सले कोम्यान, लियोन गोर्टेज्का, सेर्गी गनाब्री र रोबर्टो लेवान्डोस्कीले एक एक गोल गरे । लेवरकुसनका लुकास अलारियो र फ्लोरियन वीट्जले एक एक गोल गरे । खेलको १० औं मिनेटमा लुकासको गोलबाट लेवरकुसनले अग्रता बनाएको थियो । तर, २७ औं मिनेटमा कोम्यानले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याए ।

४२ औं मिनेटमा गोर्टेज्का र ४५ औं मिनेटमा सेर्गीले गोल गरेपछि बायर्न पहिलो हाफमा ३-१ गोल अन्तरले अघि रह्यो । खेलको ६६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दा बायर्न ४-१ ले अघि रह्यो । त्यसपछि खेलको ८९औं मिनेटमा फ्लोरियन थप एक गोल फर्काएपनि घरेलु टिम ४-२ ले पराजित भयो । जितसँगै बायर्नले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

 

यसैबीच शनिबार राती भएको अर्को खेलमा जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले साँघुरो जित निकालेको छ । डर्टमण्डले हेर्था बर्लिनलाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन इम्री क्यानले निर्णायक गोल गरे ।

 

Image

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८औं मिनेटमा क्यानले निर्णायक गोल गरेका थिए । जितसँगै डर्टमण्डले शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दुरी घटाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...