कोरोना कहरः विश्वभर मृतकको संख्या ४ लाख नाघ्यो
वि.सं.२०७७ जेठ २५ आइतवार ११:२७
1.3K
shares
एजेन्सीः कोरोना भाइरसको महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार १ सय ७७ जनाको मृत्यु भएको छ । योसँग मृतकको संख्या ४ लाख २ हजार २ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ७ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ६९ लाख ८२ हजार ६१ पुगेको छ ।
३१ लाख ५८ हजार २ सय ७१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५ सय ८७ जनाको अवस्था गम्भीर छ । ३४ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार बिहानसम्म १ लाख ७८ हजार ५ सय ८३ जनाको मृत्यु भएको छ । २० लाख ७८ हजार ७ सय ३२ जना संक्रमित भएकोमा १० लाख ७३ हजार ५९७ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३४ हजार ७ सय ३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २२ लाख ५२ हजार ४ सय ६५ पुगेको छ । त्यसमध्ये ९ लाख ९ हजार ३ सय ४ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ३४ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ । १३ लाख २६ हजार ४ सय २९ जना संक्रमित भएकोमा ८ लाख ३ हजार १ सय ४१ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा ४८ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ । ११ लाख ९ हजार ३ सय २० जना संक्रमित भएकोमा ५ लाख २५ हजार ३ सय ५७ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ५ हजार ८२ जनाको ज्यान गएको छ भने १ लाख ८५ हजार ९ सय ९६ जना संक्रमित छन् । संक्रमितमध्ये ८३ हजार ४ सय ३२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २४ जनाको मृत्यु भएको छ । ८ हजार ८ सय ६५ जना संक्रमित भएकोमा ८ हजार २ सय ७५ जना संक्रमणमुक्त भएका छन् ।
वि.सं.२०७७ जेठ २५ आइतवार ११:२७



















