YouTube Link

आज तीन सय नेपालीलाई स्वदेश ल्याइँदै

Facebook Link

काठमाडौंः सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा शुक्रबार (आज)बाट उद्धार सुरु गर्दैछ । आज संयुक्त अरब इमिरेट्स (युएई) र म्यानमारबाट तीन सयको हाराहारीमा नेपालीहरुलाई स्वदेश ल्याइँदैछ ।

यसरी उद्धार गरिएकाहरुलाई काठमाडौंको चक्रपथ आसपासका पार्टी प्यालेसहरूमा प्रदेशगत रूपले कम्तीमा एउटा ‘होल्डिङ सेन्टर’मा राख्ने व्यवस्था मिलाइएको छ । कोरोना महामारीकाबीच विभिन्न मुलुकहरुबाट उद्धार गरी ल्याइने नेपालीहरुमा वाग्मती प्रदेशकालाई काठमाडौंको वसुन्धरामा रहेको यती पार्टी प्यालेसमा राख्ने व्यवस्था मिलाइएको छ ।

गण्डकी प्रदेशका लागि वसुन्धारामा रहको स्काई जोन पार्टी प्यालेस छानिएको छ । यस्तै, भक्तपुरमा रहेको पार्टी प्यालेसमा भने प्रदेश नम्बर–१ र २ का लाई राखिनेछ । यता, प्रदेश नम्बर–५ का लागि कुण्डलिनी दरबार ब्यांकेटलाई होल्डिङ एरिया तोकिएको छ । प्रदेश नम्बर–६ का लागि ललिपुरको महालक्ष्मीस्थानमा रहेको मण्डला हाउस पार्टी प्यालेसलाई छानिएको छ । प्रदेश नम्बर–७ का लागि भने सिद्धार्थ पार्टी प्यालेस तय भएको छ । वैकल्पिकस्थलको रुपमा काठमाडौंको मिराकल पार्टी प्यालेस र ललितपुरको डिलाइट पार्टी भेन्यु छानिएको छ ।

सबै होल्डिङ एरियामा नेपाली सेनाको स्वास्थ्य टोली खटिनेछ । सरकारले कोरोनाका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थाका नेपाली नागरिकलाई चरणबद्धरुपमा उद्धार गर्दैछ । उद्धार गरिएकाहरुले लाग्ने सम्पूर्ण खर्च आफैं व्यहोर्नुपर्नेछ । सरकारले यसअघि नै विदेशमा अति नै समस्यामा परेका नेपालीलाई पहिलो चरणमा उद्धार गर्ने निर्णय गरिसकेको छ । खाडी, मलेसिया र अरु देशमा रहेका नेपाली दूतावासले फर्कने नेपालीको विवरण संकलन र समन्वयको काम गरिरहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...