रुपन्देही र झापामा थप ९ जनामा कोरोना संक्रमण भएकोको पुष्टी, संक्रमितको संख्या ४ सय ५३ पुग्यो
वि.सं.२०७७ जेठ ८ बिहीवार १६:५८
1.6K
shares
काठमाडौं: नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले बिहिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । रुपन्देहीमा १ र झापा ८ जना गरी बिहीबार थप ९ जनामा संक्रमण देखिएको उनले बताए । यो सहित नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुगेको छ ।
उनीहरू सबै क्वारेन्टाईनमा बसेका थिए । संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । बिहीबार काठमाडौंको टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर घर गएका छन् । उनीहरु चारै जना काठमाडौं स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थिए । नेपालमा संक्रमण पुष्टि भएकामध्ये ४९ जना अहिले संक्रमणमुक्त भएका छन् । ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ ।
वि.सं.२०७७ जेठ ८ बिहीवार १६:५८



















