YouTube Link

अन्नपुर्ण मिडिया नेटवर्कको ध्यानाकर्षण: नक्कली प्रेस कार्ड लिई चोरीमा संलग्नलाई कारबाही होस्

Facebook Link

काठमाडौं: राजधानीको विभिन्न ठाउँमा चोरी गर्दै हिँड्ने व्यक्तिसँग अन्नपूर्ण मिडिया नेटवर्क एपीवानको प्रेस कार्ड फेला परेपछि एपिवान टेलिभिजनले गम्भिर ध्यानाकर्षण गराएको छ । चोरी धन्दामा संलग्नले एपिवानमा कार्यरत शुशान शाही (ककासी)को नाममा रहेको नक्कली प्रेस कार्ड प्रयोग गरि चोरीमा संलग्न भएको भन्दै विभिन्न सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्दै एक विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको छ ।

एपिवानद्वारा आज जारी गरिएको कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ- ‘एपीवान टेलिभिजनको अनलाइन ग्राफिक्स विभागमा कार्यरस शुशासन शाहीको परिचयपत्र नक्कली बनाई दुरुपयोग भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ । निजको सक्कल परिचयपत्र आफैंसँग रहेको र दैनिक कार्यालयमा कामकाजमा रहेको जानकारी गराउँदै परिचयपत्रको दुरुपयोग गरी चोरीधन्धामा लाग्नेहरुमाथि थप अनुसन्धान र सख्त कारबाहीको लागि उजुरी समेत दिईसकेको स्पष्ट पार्दछौं ।’ विज्ञप्तीमा भनिएको छ ।

चोरी धन्दामा पक्राउ परेका बारा बड्की फूलबारी गाउँपालिकाका २८ वर्षीय अलि आलम मिया र सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने आश्रय रिजाललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले काठमाडौंका विभिन्न स्थानमा चोरी गर्दै हिँड्ने उनीहरुको साथबाट बिभिन्न ब्राण्डका Laptop, CANON क्यामेरा, नगद रु. ५३,०००/- अमेरिकन डलर ३००/- चाईनिज युयान २००/- धारिलो हतियार र एपिवानको प्रेस कार्ड समेत बरामद गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...