YouTube Link

नेपालमा थप २५ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४ सय २७ पुग्यो

Facebook Link

काठमाडौं: नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

संक्रमितमा ३ देखि ४८ वर्ष उमेरसम्मका रहेका छन् भने त्यसमा ७ जना महिला र १८ जना पुरुष रहेका छन् । बाँकेमा ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । १७, २०, २८, ३०, ४० वर्षका उनीहरु नरैनापुरका हुन् भने खजुराका २७ वर्षीय पुरुष रहेका छन् । यसैगरी धनकुटामा ५ जना नयाँ संक्रमित पुष्टि भएको छ । उनीहरु २८, २९, ३५ र ३७ वर्षीय पुरुष रहेका छन् भने एक जना २४ वर्षीया महिला रहेकी छन् ।

यसैगरी कपिलबस्तुमा १३ जना संक्रमित थपिएका छन् । जसमध्ये ३ जना २२, ३५ र ४८ वर्षीय पुरुष रहेका छन् । उनीहरु विजयनगरको क्वारेन्टानमा बस्दै आएकाहरु भएको देवकोटाले बताए । यसैगरी सोही जिल्लाको महाराजगन्ज गाउँपालिकाका ३, ४, ६ वर्षीया बालिका तथा १६, २५ र ३२ वर्षीय महिला गरी ६ जना पुष्टि भएका छन् । यस्तै १२, २२, २४ र ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी पश्चिम नवलपरासीमा १ जना पुरुष संक्रमित फेला परेका छन् । उनी सुस्ता गाउँपालिका ५ का २६ वर्षीय पुरुष रहेका हुन् । उनी बेलबानी क्वारेन्टाइनमा बस्दै आएका थिए ।

बुधबारसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ वटा नमूना परीक्षण गरिएको र आरडिटी विधिबाट ७५ हजार ७२ वटा परीक्षण भएको देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४ सय ८८ र आरडिटी विधिबाट ३ हजार ६ सय १० वटा परीक्षण गरिएको हो । मन्त्रालयले स्वेच्छाले पीसीआर परीक्षण गराउन चाहनेका लागि अहिलेसम्म शूल्क निर्धारण नगरिएको पनि उनले प्रष्ट्याए । सरकारी तथा सामुदायिक अस्पतालले तोकिएको दररेटमा परीक्षण गराउन पाउने नीतिगत निर्णय भएपनि शूल्क निर्धारण भैनसकेको प्रवक्ता डा. देवकोटाले बताए ।

यसैगरी डा. देवकोटाले रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको समाचार सत्य नभएको बताए । संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिँदै उनले संवेदनशील घडीमा समाचार प्रकाशन र प्रशारण गर्दा आधिकारिक सूचनालाई आधार मान्न आग्रह गरे । हालसम्म कोरोना निको हुनेको संख्या ४५ पुगेको छ । यस्तै २ जनाको भने मृत्यु भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...