तीनदिनसम्म देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना
वि.सं.२०७७ वैशाख ३० मंगलवार ०८:२०
1.4K
shares
काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव पारेको जनाएको छ । अहिले देशभरीको मौसम भने पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँकी भूऔभागमा आंशिक बदली रहेको जनाएको छ ।
आज दिउँसो देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । देशको पहाडी भूभागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । राति देशको पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी तथा मध्य भू-भागका थोरै स्थानहरु र पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
यो क्रम बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्दछ ।
महाशाखाले गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान-
वैशाख ३० गते (मंगलबार):
दिउँसो देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । देशको पहाडि भू-भागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ ।
राती देशको पूर्वी र मध्य भू-भागलगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका थोरै स्थान र पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।
वैशाख ३१ गते (बुधबार):
दिउँसो देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पूर्वी भू-भागका केही स्थान र पश्चिमी तथा मध्य भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ ।
राती देशको पुर्वी तथा मध्य भू-भाग भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थान तथा पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।
जेठ १ गते (बिहीबार):
दिउँसो देशको पूर्वी र मध्य भू-भागलगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी भू-भागका केही स्थान र पश्चिमी तथा मध्य भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ ।
राती देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । पूर्वी र मध्य भू-भागका केही स्थान तथा पश्चिमी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ ।
वि.सं.२०७७ वैशाख ३० मंगलवार ०८:२०



















