आजदेखि शेयर बजार खुल्दै, दैनिक दुई घण्टा सञ्चालनमा आउने
वि.सं.२०७७ वैशाख ३० मंगलवार ०८:१९
1.9K
shares
काठमाडौं: लकडाउनका कारण बन्द भएको धितोपत्र बजार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । सरकारले गत चैत ११ गतेदेखि कोरोना नियन्त्रणका लागि गरेको ‘लकडाउन’ घोषणाले सम्पूर्ण बजार बन्द भएको थियो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले आजदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो । बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार ५ औँ दिनमा खुल्न लागेको हो । बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
बोर्डका अनुसार प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोवार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको छ ।
वि.सं.२०७७ वैशाख ३० मंगलवार ०८:१९



















