Rajshow Bivag

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३४ पुग्यो, ‘धूमपान तथा सुर्ती सेवन गर्ने व्यक्तिमा कोरोनाको जोखिम बढी’

Departmant of helth services

काठमाडौं: नेपालमा एकैदिन २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार कपिलवस्तुमा थप ६ जना, रुपन्देहीमा ६ र बर्दीयामा एक जना गरी १३ जनामा कोरोना पुष्टि भएसँगै एकैदिन २४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसअघि कपिलवस्तुमा १० तथा सप्तरीमा एक जनामा कोरोना पुष्टि भएको थियो भने पर्साका १७ जनामा एकैदिन कोरोना पुष्टि भएपछि सोमबार धेरै सङ्क्रमित भेटिएका हुन् । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । साथै रुपन्देही, समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुष र बर्दिया राजापुरकी ११ वर्षकी बालिकामा कोरोना पुष्टि भएको हो ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण वयस्क उमेर समूहका व्यक्तिहरुमा देखिँदैन भन्ने भ्रममा नपर्न आग्रह गरेको छ । मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा दुईमहिने शिशुदेखि ८१ वर्षका वृद्धासम्ममा संक्रमण देखिइसकेकाले सबै उमेर समूहका व्यक्तिलाई सचेत हुन आग्रह गरे ।

धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा अझ संक्रमणको जोखिम बढी हुने भन्दै मन्त्रालयले त्यस्ता पदार्थ प्रयोग गर्न छोड्न अपिल गरेको छ । अहिलेसम्म देशभर १७ हजार ८ सय ९ जनामा ‘पीसीआर’ परीक्षण गरिएको छ भने ५८ हजार ५ सय ४६ जनामा ‘आरडीटी’ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । देशभर १२ हजार ७ सय १ जना ‘क्वारेन्टाइन’मा रहेका छन् भने १ सय ५३ जना ‘आइसोलेसन’कक्षमा रहेको पनि डा. देवकोटाले जानकारी दिए ।

आइसोलेसनमा बस्नेहरु प्रदेश नम्बर–५, प्रदेश नम्बर–२ र वाग्मती प्रदेशमा बढी रहेका छन् भने सबैभन्दा कम काठमाडौंमा रहेका छन् । ८८ जना संक्रमितहरुको भने देशभरका अस्पतालहरुमा उपचार भइरहेको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...