YouTube Link

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३४ पुग्यो, ‘धूमपान तथा सुर्ती सेवन गर्ने व्यक्तिमा कोरोनाको जोखिम बढी’

Facebook Link

काठमाडौं: नेपालमा एकैदिन २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार कपिलवस्तुमा थप ६ जना, रुपन्देहीमा ६ र बर्दीयामा एक जना गरी १३ जनामा कोरोना पुष्टि भएसँगै एकैदिन २४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसअघि कपिलवस्तुमा १० तथा सप्तरीमा एक जनामा कोरोना पुष्टि भएको थियो भने पर्साका १७ जनामा एकैदिन कोरोना पुष्टि भएपछि सोमबार धेरै सङ्क्रमित भेटिएका हुन् । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । साथै रुपन्देही, समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुष र बर्दिया राजापुरकी ११ वर्षकी बालिकामा कोरोना पुष्टि भएको हो ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण वयस्क उमेर समूहका व्यक्तिहरुमा देखिँदैन भन्ने भ्रममा नपर्न आग्रह गरेको छ । मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा दुईमहिने शिशुदेखि ८१ वर्षका वृद्धासम्ममा संक्रमण देखिइसकेकाले सबै उमेर समूहका व्यक्तिलाई सचेत हुन आग्रह गरे ।

धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा अझ संक्रमणको जोखिम बढी हुने भन्दै मन्त्रालयले त्यस्ता पदार्थ प्रयोग गर्न छोड्न अपिल गरेको छ । अहिलेसम्म देशभर १७ हजार ८ सय ९ जनामा ‘पीसीआर’ परीक्षण गरिएको छ भने ५८ हजार ५ सय ४६ जनामा ‘आरडीटी’ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । देशभर १२ हजार ७ सय १ जना ‘क्वारेन्टाइन’मा रहेका छन् भने १ सय ५३ जना ‘आइसोलेसन’कक्षमा रहेको पनि डा. देवकोटाले जानकारी दिए ।

आइसोलेसनमा बस्नेहरु प्रदेश नम्बर–५, प्रदेश नम्बर–२ र वाग्मती प्रदेशमा बढी रहेका छन् भने सबैभन्दा कम काठमाडौंमा रहेका छन् । ८८ जना संक्रमितहरुको भने देशभरका अस्पतालहरुमा उपचार भइरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...