वर्तमान सरकारलाई गम्भिर ध्यानकर्षण गराउँदै युवा कम्युनिष्ट लिग (वाईसिएल)ले निकाल्यो बिज्ञप्ती
वि.सं.२०७७ वैशाख २८ आइतवार २०:४७
2.4K
shares
काठमाडौं: युवा कम्युनिष्ट लिग (वाईसिएल)ले वर्तमान सरकारको असक्षमता र लाचारिको कारण हाल देश र जनताले भोग्न परेका समस्या र संकटबारे गम्भिर ध्यानकर्षण गराउँदै एक बिज्ञप्ती निकालेको छ ।
युवा कम्युनिष्ट लिग (वाईसिएल)ले विज्ञप्तीमा भनेको छ, ‘बिश्व कोरोनासँग लडिरहेको मौका छोपी बिस्तारवादीले हाम्रो सामरिक भूमी लिपुलेकमा सडक सञ्चालन गर्यो । उसले यसअघि नै यो भूमी आफ्नो राजनितिक नक्सामा पारेको विषय र सडक खनिरहेको बोध भएपनि सरकार कूटनीतिक पहल गर्नुको साटो रहस्यमयको मौनता साँधेर झन् भारतको दलाली गर्न थाल्यो । युवा कम्युनिष्ट लिग (वाईसियल)ले सरकारसँग तत्काल समाधान गर्न ध्यानकर्षण गर्दछ ।’
दैनिक मजदुरी गरेर गुजारा चलाइरहेका लाखौँ जनता लकडाउनको कारण चर्को संकटमा उचित समाधान गर्न, कोरोना महामारीको कारण विदेशमा मजदुरी गर्ने लाखौँ युवाहरु अहिले चरम संकटमा उचित समाधान गर्न समेत बिज्ञप्तिमा भनेको छ । साथै कार्यवाहक अध्यक्ष प्रकाश दुमी राईको हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । ‘आफ्ना नागरिकको ज्यान बचाउन छाडी अर्काको भूमि डकैती गर्नपट्टी नलाग्न भारतीय विस्तारवादलाई चेतावनी गर्दछ । लकडाउन कोरोना विरुद्धको अभियानलाई सहज गर्ने माध्यम मात्रै हो । लकडाउनले मात्रै कोरोना निर्मूल हुँदैन । त्यसैले देशलाई लकडाउन गरेर फोहोरी संसदीय राजनीति र कमिसनको खेलमा नलागी कोरोना परीक्षणलाई तिव्रता दिएर देशलाई चाँडो लकडाउन मुक्त पार्न पट्टी लाग्न सरकारको ध्यान जाओस् ।’
{विज्ञप्ती}

वि.सं.२०७७ वैशाख २८ आइतवार २०:४७



















