कालिका सोपद्वारा पत्रकार महासंघ काठमाडौं शाखालाई सेनिटाइजर सहयोग
वि.सं.२०७७ वैशाख २८ आइतवार २०:२६
1.2K
shares
काठमाडौं: विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणले विश्व अक्रान्त बनेकाे बेला नेपालमा पनि यसकाे प्रभाव बढेकाे छ । यसकाे मध्यनजर राख्दै सरकारले देशभर लकडाउन लागू गरेकाे छ । यसैबीच दैनिक समाचार संकलनार्थ खटिने पत्रकारहरूका लागि नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई कालिका सोप एण्ड केमिकल्स प्रा.लि. ले २ सय ९४ पीस ह्याण्ड सेनिटाइजर सहयोग गरेको छ ।

आइतबार महासंघको शाखा कार्यालय भृकुटीमण्डपमा कम्पनीका प्रतिनिधि सुवास श्रेष्ठले सेनिटाइजर महासंघका उपाध्यक्ष सूर्य सुवेदी, सचिव मोहन पन्त र सह-सचिव अमिर लामालाई संयुक्त रुपमा प्रदान गरे । विभिन्न संचार गृहमा कार्यरत पत्रकारहरुलाई कोरोना भाइरस जखिमबाट जाेगिनकाे लागि पत्रकार भीमसेन श्रेष्ठको पहलमा कम्पनीका अध्यक्ष तेजकुमार श्रेष्ठले उक्त सेनिटाइजर सहयोग गरेको हो ।

महासंघको तर्फबाट सचिव मोहन पन्त र उपाध्यक्ष सूर्य सुवेदीले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण आम नागरिक तथा पत्रकारहरु प्रभावित भएको बताउँदै पीडित पत्रकारका लागि महासंघबाट उपलब्ध राहत प्रदान गरिएको जानकारी दिँदै सहयोगी हातहरुलाई धन्यवाद दिए ।

वि.सं.२०७७ वैशाख २८ आइतवार २०:२६



















