कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउन लम्ब्याउने तयारी बारे मन्त्रिपरिषद बैठक बालुवाटारमा बस्दै
वि.सं.२०७७ वैशाख २४ बुधवार ११:५८
1.2K
shares
काठमाडौं: कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सरकारलाई सुझाव दिएपछि आवश्यक निर्णय गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बसेको समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सुझाव दिएपछि बालुवाटरमा मन्त्रिपरिषद बैठक बसिरहेको छ । बैठकमा काठमाडौं उपत्यकाका सबै ६ वटा नाका शिल गरेर आन्तरिक आवागमन चाहिँ खुलाउने कि भन्नेबारे समेत छलफल हुने स्रोतले जनाएको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बसेको बैठकले कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले अहिले लिएको लकडाउनको मोडालिटी सही भएको भन्दै लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो । समितिको बैठकमा लकडाउन कति समय थप्ने भन्नेबारे भने मन्त्रिपरिषदले नै निर्णय लिने सहमति भएको थियो ।
वि.सं.२०७७ वैशाख २४ बुधवार ११:५८




















