भारतमा कोरोना भाईरसका कारण ८ सय २५ को मृत्यु
वि.सं.२०७७ वैशाख १४ आइतवार ०९:२७
1.1K
shares
एजेन्सीः भारतमा कोरोना भाइरसको महामारीबाट ८ सय २५ संक्रमितको ज्यान गइसकेको छ भने २६ हजार २ सय ८३ मानिस कोरोनाबाट संक्रमित भएका छन् । भारतमा संक्रमितमध्ये ५ हजार ९ सय ३९ संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्यको उपचार जारी छ ।
पछिल्लो २४ घण्टामा मात्रै एक हजार ८ सय ३६ जना नयाँ संक्रमित फेला परेका छन् भने ४५ जनाको ज्यान गएको छ । भारतमा हालसम्म ५ लाख ७९ हजार ९ सय ५७ जनामा कोरोना परीक्षण गरिएिको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ वैशाख १४ आइतवार ०९:२७



















