YouTube Link

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

Facebook Link

काठमाडौं: चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको महामारीबाट दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको छ । विश्वका २ सय १० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २ सय ७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ६४ जनाको मृत्यु भएको छ भने ९० हजार १ सय ८ जना संक्रमित भएका छन् । कूल संख्या २९ लाख २० हजार नाघेको छ ।

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या ५४ हजार २ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २ सय ९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख ६० हजार ५ सय २५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार १ सय ६२ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख ८८ हजार १ सय १५ जनामध्ये १५ हजार १ सय १० जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ४ सय १५ जनाको मृत्यु भएको छ । शनिबार थप ४ सय १५ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २६ हजार ३ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ३ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९५ हजार ३ सय ५१ पुगेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३ सय ७८ जनाको मृत्यु भएको छ भने ३ हजार ९ सय ९५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार ९ सय २ पुगेको छ भने २ लाख २३ हजार ७ सय ५९ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ९५ हजार ७ सय ८ जना उपचारपछि निको भएका छन् ।

फ्रान्समा कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा ३ सय ६९ जनाको मृत्यु भएको छ । योसँगै त्यहा मृतकको संख्या २२ हजार ६ सय १४ पुगेको छ । संक्रमितको संख्या १ लाख ६१ हजार ४ सय ८८ पुगेको छ ।

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । एकैदिन अरु ८ सय १३ जनाको मृत्यु भएपछि मृतकको संख्या २० हजार ३ सय १९ पुगेको हो । कोरोना भाइरसका कारण युरोपियन मुलुकहरुमा १ लाख २० हजार १ सय १४ जना, उत्तर अमेरिकी मुलुकहरुमा ५८ हजार ५ सय ९१ जनाको मृत्यु भएको छ ।

यस्तै एसियाली मुलुकहरुमा १६ हजार ९ सय ३८, अफ्रिकी मुलुकहरुमा ७ हजार ३ सयभन्दा बढी र अष्ट्रेलिया सहित ओसिनिया मुलुकहरुमा ९८ जनाको मृत्यु भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...