YouTube Link

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको स‌ख्या दुई लाख नजिक, आठ लाख नजिक उपचारपछि घर फर्किए

Facebook Link

एजेन्सीः विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नजिक पुगेको छ । वल्डोमिटरले शनिबार विहान सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार तीन रहेको छ ।

कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ७ लाख ८० हजार ८५ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । उपचारपछि निको भएर घर फर्किने मानिसहरुको उक्त संख्या कोरोनाले मृत्यु भएकाको भन्दा ५ लाख ८३ हजार १ सय २१ ले बढी हो । कोरोना भाइरसको तथ्यांक अध्यावधिक गरिरहेको वर्ल्डोमिटर इन्फोका अनुसार शनिबारसम्म युरोपमा ३ लाख ९३ हजार १ सय ८८ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।

कोरोनाका कारण अमेरिकामा सबै भन्दा बढी ५२ हजार ९७ जनाको मृत्यु भएको छ । त्यहाँ ९ लाख २३ हजार आठ सय १२ जना संक्रमित छन् । अमेरिकमा विगत २४ घण्टामा एक हजार आठ सय ६३ जनाले ज्यान गुमाइसकेका छन । अमेरिका पछि सबै भन्दा धेरै इटालीमा मृतकको संख्या रहेको छ। त्यहाँ मृत्यु हुनेको संख्या २५ हजार ९ सय ६९ छ । त्यस्तै स्पेनमा २२ हजार ५ सय २४ जनाले ज्यान गुमाएका छन् । २ लाख १९ हजार ७ सय ६४ जनामा संक्रमण देखिएको छ ।

जर्मनीमा एक लाख ५४ हजार ९ सय ९९ संक्रमति छन् । मृतकको संख्या ५ हजार ७ सय ६० छ । बेलायमा ज्यान गुमाउनेको संख्या झण्डै २० हजार रहेको छ । त्यहाँ १९ हजार ५ सय ६ जनाको मृत्यु भइसकेको छ । बेलायतमा १ लाख ४३ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।

टर्कीमा पनि संक्रमितको संख्या एक लाख नाघेको छ । टर्कीमा १ लाख चार हजार ९ सय १२ जनामा संक्रमण देखिएको छ। त्यस्तै इरानमा ८८ हजार १ सय ९४ जनामा संक्रमण देखिएको छ भने पाँच हजार पाँच सय ७४ जनाको मृत्यु भएको छ । चीनमा अहिलेसम्म चार हजार ६ सय ३२ जनाको मृत्यु भएको छ । त्यहाँ विगत दुई दिन अघि कुनै पनि मृतक फेला परेका छैनन् ।

चीनमा संक्रमितको संख्या ८२ हजार आठ सय चार जना छन् । चार महिनादेखि कोरोना भाइरसको महामारीले सिंगो मानव समुदायलाई सताइरहेको छ । विश्वभर संक्रमितको संख्या २८ लाख २७ हजार ३ सय ९१ पुगेका छन् । त्यस्तै ७ लाख ९८ हजार ३ सय ३१ जना निको भएर घर फर्किएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...