कोरोना भाइरस संक्रमणको महामारीका बेला सरकारलाई बेमौसमी बाजा नबजाउन नेपाली कांग्रेसको आग्रह
वि.सं.२०७७ वैशाख ८ सोमवार १८:०१
990
shares
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस संक्रमणको महामारीका बेला सरकारलाई बेमौसमी बाजा नबजाउन आग्रह गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी कानूनमा संशोधन गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बेमौसमी बाजा नबचाउन आग्रह गरेका हुन् ।
अहिलेको प्राथमिकता भनेको विश्वभर महामारीको रुपमा फैलिएको कोरोनामाथि विजय हासिल गर्ने भएकाले मुलुकमा अन्य विषय गौण भएको उनको तर्क छ । सबैको सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित हुनुपर्नेमा प्रवक्ता शर्माले जोड दिए । यस्तै कांग्रेसका संगठन विभाग प्रमुख गोपानमान श्रेष्ठले सरकारले अध्यादेश ल्याउनुको कारण प्रस्ट्यानु पर्ने बताएका छन् ।
वि.सं.२०७७ वैशाख ८ सोमवार १८:०१



















