YouTube Link

विश्वभर कोरोना महामारीका कारण मृतकको संख्या ६९ हजार नाघ्यो, अमेरिकामा एकै दिन १२ सय जनाको मृत्यु

Facebook Link

काठमाडौं : विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ४ सय ५८ पुगेको छ । यो भाइरस संक्रमितको संख्या १२ लाख ७३ हजार ७ सय १२ पुगेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ सय जनाको ज्यान गएको छ । जोन होप्किन्स युनिभर्सिटीको अपडेट अनुसार एकै दिन त्यहाँ १२ सय जनाको मृत्यु भएको हो । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय १६ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ८ सय ६१ पुगेको छ । अमेरिकामा अहिलेसम्म १७ हजार ९ सय ७७ जना निको भएका छन् ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र ४ हजार १ सय ५९ जनाको मृत्यु भएको छ । त्यस्तै न्यूजर्सीमा ९ सय १७ जनाको मृत्यु भएको छ भने मिचिगनमा ६ सय १७ जनाको ज्यान गएको छ । त्यस्तै लुसियानामा ४ सय ७७, क्यालिफोर्नियामा ३ सय ४७, वाशिंटनमा ३ सय ३८, इलिनियोइसमा २ सय ७४, जर्जियामा २ सय १९, मसाचुसेट्समा २ सय ३१, फ्लोरिडामा २ सय २१, कोनेक्टीकटमा १ सय ८९, पेन्सिलभेनियामा १ सय ५०, कोलोरोड़ोमा १ सय ४०, टेक्सासमा १ सय ३३, इण्डियनामा १ सय २७ र ओहियोमा १ सय १९ जनाको मृत्यु भएको जनाईएको छ । न्युयोर्कमा अहिलेसम्म एक लाख २३ हजार १८ जना संक्रमित भएका छन् । त्यस्तै न्यूजर्सीमा ३७ हजार ५०५ जना संक्रमित भएका छन् ।

कोरनाका कारण सबै भन्दा धेरै इटालीमा मृत्यु भएका छन् । त्यहाँ मृतकको संख्या १५ हजार ८ सय ८७ पुगेको छ । त्यस्तै स्पेनमा १२ हजार ६ सय ४१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै फान्समा ८ हजार भन्दा बढीको मृत्यु भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...