चीन र भारतसँगको सीमा नाका बन्द गर्ने सरकारको निर्णय, भारतसँगको नाकाबाट सामान आयातमा भने यथावत
वि.सं.२०७६ चैत १० सोमवार ०७:३२
1.4K
shares
काठमाडौं: छिमेकी मुलुक चीन र भारतको सीमा नाका एक हप्ताका लागि बन्द गर्ने नेपाल सरकारले निर्णय गरेको छ । आइतबार वालुवाटारमा बसेका मन्त्रिपरिषद् बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले भारतसँगको सीमा नाका बन्द गर्ने भएपनि मालसामानको आवागमन भने यथावत हुने जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत र चीन दुवैतर्फका नाकाबाट सोमबार बिहान १० बजेबाट सात दिनका लागि मानिसको आवागमन बन्द गर्ने निर्णय गरेको जनाउँदै मालसामानको हकमा भने यो लागू नहुने स्पष्ट पारेको छ ।
बैठकले ५० करोडको आकस्मिक कोष स्थापना गर्ने समेत निर्णय गरेको छ । सबै मन्त्रीहरुको एक महिनाको तबल पनि कोषमा राखिने भएको छ । प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक आइतबार मन्त्रिपरिषद्को बैठक बसेको हो ।
वि.सं.२०७६ चैत १० सोमवार ०७:३२



















