YouTube Link

सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशबाट ६४ नेपालीलाई काठमाडौं ल्याइयो

Facebook Link

काठमाडौं: नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६४ जना नेपालीलाई काठमाडौं ल्याएका छन् । अध्यागमन विभागका अनुसार थाइ एअरवेज र एअर इन्डियाले नेपालले आवागमनमा प्रतिबन्ध लगाएका मुलुकमा रहेका नेपालीहरुलाई काठमाडौं उतारेका हुन् ।

उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा ‘क्वारेन्टाइन’मा राखिएको छ । यद्यपि, उनीहरु संक्रमित भए नभएको पुष्टि भएको छैन । क्वारेन्टाइनमा पठाइएका मध्ये ७४ वर्षीया वृद्धासहित चारजना महिला र अन्य पुरुष रहेका छन् । क्वारेन्टाइनमा राखिएकाहरुलाई ‘काउन्सिलिङ’ गर्न कठिनाइ भएपनि सम्झाइ बुझाइ गरेर राखिएको जनाईएको छ ।

क्वारेन्टाइनमा राखिएकाहरुको ‘स्वाब’ भने आइतबार संकलन गरिने भएको छ । परीक्षण ‘पोजेटिभ’ देखिए उपचारका लागि सहिद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु लगिनेछ । आफ्नै इच्छाले नेपाल फर्किएका उनीहरु क्वारेन्टाइनमा रहँदाको खर्च आफैंले व्यहोर्नुपर्नेछ ।

सरकारले शुक्रबार राति १२ बजेपछि युरोप, खाडी, मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट कुनैपनि यात्री नेपाल आउन नपाउनेगरी प्रतिबन्ध लगाएको थियो । साथै, यी मुलुकबाट अन्य मुलुकलाई ‘ट्रान्जिट’ बनाएर पनि यात्री आउन नपाउने सरकारले जनाएको थियो । सरकारले यो सम्बन्धी परिपत्र विदेशी एअरलाइन्सहरूलाई पठाएको भएपनि त्यसको उल्लंघन गर्दै विदेशी एअरलाइन्सहरूले नेपाली नागरिकलाई ओसारेका हुन् ।

सरकारी निर्णय अटेर गरी काठमाडौंमा यात्री झार्ने एअरलाइन्स कम्पनीहरूलाई कारबाही गर्नका लागि नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराइसकेको अध्यागमन विभागले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...