YouTube Link

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या १३ हजार तीन पुग्यो, ‘सार्क’मा संक्रमण फैलँदै

Facebook Link

एजेन्सीः विश्वमा महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण १३ हजार तीन जनाको मृत्यु भएको छ । तीन लाख चार हजार ९ सय ९९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । ९४ हजार ७ सय ९३ जना उपचारपछि घर फर्किएका छन् ।

सबैभन्दा धेरै मानिसको मृत्यु इटलीमा भएको छ । थप ७ सय ९३ जनाको मृत्यु भएपछि त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । हाल ५३ हजार ५ सय ७८ जना सङक्रमित रहेको इटालीमा ६ हजार ७२ जना उपचारपछि घर फर्किएका छन् ।

मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण १ हजार ५ सय ५६ व्यक्तिको मृत्यु भइसकेको छ भने २० हजार ६ सय १० जना संक्रमित छन् । स्पेनमा थप २ सय ८५ जनाको मृत्यु भएपछि कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या कारण १ हजार ३ सय ७८ पुगेको छ । संक्रमितको संख्या पनि बढेर २५ हजार ४ सय ९६ पुगेको छ । जर्मनीमा ८४ जनाको मृत्यु भएको छ भने २२ हजार ३ सय ६४ जना संक्रमित छन् । अमेरिकामा ३ सय २ जनाको मृत्यु भएको छ भने २४ हजार २ सय १८ जना सङक्रमित छन् । फ्रान्समा ५ सय ६२ जनाको मृत्यु भएको छ । १४ हजार ४ सय ५९ जना सङक्रमित छन् ।

दक्षिण कोरियामा कोरोनाका कारण १ सय २ जनाको मृत्यु भएको छ भने ८ हजार ७ सय ९९ जना संक्रमित छन् । दक्षिण एसियाली मुलुकहरु भारतमा ५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या बढेर ३ सय ३२ पुगेको छ । श्रीलङ्कामा ७७, अफगानिस्तानमा २४, बङ्गलादेशमा २४, माल्दिभ्समा १३ र भुटानमा २ जना संक्रमित देखिएका छन् । नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन् र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् । कोरोनाको संक्रमण हालसम्म एक सय ८८ मुलुकमा देखा परिसकेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...