YouTube Link

विवाद समाधान गर्न मेलमिलाप केन्द्र तर्फ आकर्षण हुँदै रामेछापका स्थानीय

Facebook Link

रामेछापः गाउँमा स्थापना भएको सामुदायिक मेलमिलाप केन्द्रमा गाउँकै मेलमिलापकर्ताहरुले विवाद समाधान गर्न थालेपछि गाउँलेहरु विवाद समाधान गर्न मेलमिलाप केन्द्र तर्फ आकर्षित भएका छन् ।

जिल्लाका ६४ वटा वडाहरु तथा ८ वटा गाउँपालिकाहरुमा स्थापना भएका ७२ वटा सामुदायिक मेलमिलाप केन्द्र मार्फत विवादहरु समाधान हुँदै आएका छन् । गाउँमा सामान्य विवादहरु मिलाउन अड्डा अदालत धाउन नपरेपछि समय तथा पैसाको वचत हुनुका साथै जित जितको अबस्थामा विवाद मिल्ने भएकाले यसतर्फ आकर्षित भएको स्थानीयहरुले बताए ।

आफ्नो विवाद आफैंले रोजेको मेलमिलापकर्ता मार्फत गाउँमा नै जित जितको अबस्थमा समाधान हुने भएकाले आफुहरु यसतर्फ आकर्षित भएको रामेछाप नगरपालिका-९ का ४० बर्षका नबराज श्रेष्ठले बताए । छिमेकी टिकाराम कसाईंसँगको जग्गाको सिमाना विवादका कारण निकै तनाव बेहोर्दै आएका नवराज र टिकाराम अहिले खुशी साथ असल छिमेकीका रुपमा बस्दै आएका छन् । स्थानीय सरकारसँगको समन्वयमा वडा कार्यालयहरुमा स्थापना भएका मेलमिलाप केन्द्रहरुमा अहिले ६ सय ८१ जना मेलमिलापकर्ताहरु सक्रिय रहेका छन् ।

मेलमिलापप्रति आकर्षित भएकै कारण आफ्नो गाउँको मेलमिलाप केन्द्रमा दैनिकजसो विवादहरु दर्ता हुन उक्त मेलमिलाप केन्द्रबाट अहिलेसम्म ७० वटा विवादहरु समाधान भएको गोकुलगंगा गाउँपालिका-३ रस्नालुको सामुदायिक मेलमिलाप केन्द्रका संयोजक ओलकबहादुर सुनुवारले जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...